Skip to content

नानाथरी मनले कुरा


नानाथरी मनले कुरा, बुन्छ अचेल किन ?
पिर चिन्ता भए जस्तो, हुन्छ अचेल किन ?

कता कता दु:खछ मुटु, के भाको होला
सानो सानो कुराले मन, रुन्छ अचेल किन ?

कस्लाई भनौ सुनाऊ यहाँ, छैन कोही पनि
आफूले आफैलाई दोषी, चुन्छ अचेल किन ?

मैले सोची के हुन्छ र, भाग्यको यो खेल
वेदनाले दिल भित्र, छुन्छ अचेल किन ?

रन्जना न्यौपाने
चरिकोट, दोलखा

3 thoughts on “नानाथरी मनले कुरा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *