छल छैन कहीँ कल छैन कहीँ
अनि धूसर -धूमिल छैन कहीँ
मृदु कोमल फूल फुलेसरिको
सम त्यो जल मानसरोबरको
!
मधुझैँ मनमोहक माद हुने
रसिलो सपनासम याद हुने
अनि स्वच्छ सफा सुख-सुन्दरको
सम त्यो जल मानसरोबरको
!
कविको मुटुझैँ मुटुको कविझैँ
अनि शावक लोचनको छविझैँ
कति स्निग्ध-सफा पिकझैँ स्वरको
सम त्यो जल मानसरोबरको
!
पहरा छहरासँगको वनझैँ
लहरो छ हरा मुटुको मनमै
कति प्रेम प्रवाहित ईश्वरको
सम त्यो जल मानसरोबरको
!

:नरेन्द्र पराशर
(शृङ्गारसुधा कवितासङ्ग्रहबाट)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *