Skip to content


शहिदहरू देशको लागि मरेर गए
“ल, हान् !” भन्दै हाँसी-हाँसी गोली खाएर गए
शहिदहरूको सपना पुरा गर्न नसके
यो जन्म खै के जन्म !

सहयोग त देशमा बालुवाको पानी भो
कति दिइरहन्छन सहयोग ल्याकतै नगरी
यही तालले केही वर्षमै
भ्रष्टहरूको पहिलो देश कायमा हुनेमा
शंका छैन मलाई !

देशमा स्थायीत्व कहिल्यै आएन
एक टुक्रा हाडमा झगडा गरिरहछन कुकुरहरू
त्यसैले त फिल्ला अरुले हात पार्छन !

देशमा काम छैन
लाखौको सँख्यामा युवाहरू विदेशिन वाध्य छन्
ऋणी परिवारहरू
मिठा मिठा सपना बुनिरहेका हुन्छन घरमा
तर आकस्मात लास ल्याउँदा
सबैको भाग्य पुछिन्छ नै ।

पशुपति कर्माचार्य
नयाँ वानेस्वर
हाल: न्युजिल्यान्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *