झस्काइरहन्छ मलाई सधैं, मेरो त्यो बालापन
कति खुशीहरू थिए, कति निश्चल थियो मन
भुल्नै पर्छ तिमीले मैले, आउँदैन ती दिन फर्की
कति छिटो गरिसकेछ यो, समयले यहाँ परिवर्तन
हिजोसम्म सँगै थियौ, आज कोसौं पारि टाढा
थुप्रै फड्को मारिसकेछ, उतारचढाबको यो जीवन
नयाँ बाटो नयाँ पाइला, आत्मसाथ गर्दै हिड्दा
कति नौला परिस्थितिको, भैसकेछ लौ आगमन
आज हाम्रो भोलि अरुको, दिन आउछ जान्छ हेर
एक एक गर्दै ती यादहरूको, हुनेछ सबै समापन
रन्जना न्यौपाने
चरिकोट, दोलखा
