Skip to content

बिरही गीत नेपाल


हावा चल्यो कि
पातहरू हल्लिन पुग्छन
ती त प्रकृतिका रीत हुन् ।

उनीलाई सम्झ्यो कि
केही रागहरू सम्झना आउछन्
ती त मैले गाउने बिरही गीत हुन् ।

नेता सम्झ्यो कि
टाउको दुखेर आउछ यहाँ
ती त देश विनासका कारक हुन् ।

नेपालआमा,
चिन्ता कस्ले गर्छ यहाँ ?
उनी सधैं रोइरहने बिरही गीत हुन् ।

पशुपति कर्माचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *