Skip to content

म आज नयाँ बिहान उघार्न चाहन्छु


म आज नयाँ बिहान, उघार्न चाहन्छु
कहीं कतै भका गल्ती, सुधार्न चाहन्छु

छैन मनमा मेरो, थोरै पनि छल कपट
शुद्धताले अँझै पनि, निखार्न चाहन्छु

जहाँ भए पनि मेरो, अन्तरआत्माभित्र
तिम्रा हरेक तस्बिरहरू, उतार्न चाहन्छु

जिन्दगी हो सधै भरि, जित पक्कै हुन्न
सकेसम्म हारहरूलाई, पछार्न चाहन्छु

रन्जना न्यौपाने
चरिकोट, दोलखा

2 thoughts on “म आज नयाँ बिहान उघार्न चाहन्छु”

  1. बहिनी गजलकाे बान्की हुन
    बहिनी गजलकाे बान्की हुन लागेकाे छ । तर गजल भएकाे छैन । मेहनत गर है ।

  2. धन्यवाद सर प्रतिकृयाको लागि ।
    धन्यवाद सर प्रतिकृयाको लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *