खण्डहरमा परिणत घर ज्ञानुवाकर पौडेल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016 खण्डहरमा परिणत घर भएछ हताहत यहाँ धेरैको रहर भएछ द्रौपदी लुटिँदा बीच बजारमै अन्धो कृष्णजीको नजर भएछ जनताले चुनेको जनताकै राजमा जनताकै आवाज बे-असर भएछ गाउँलेका लागि किन हो कुन्नि टाढा धेरै टाढा यो शहर भएछ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ