लाखौं पर्ने घडी लाउँ समय हातमा हुन्न
यो धर्तिमा कति बस्ने निर्णय हातमा हुन्न
कतिखेर बदलिन्छ यो मनै त हो आखिर
दुनियाँ झैं मेरै पनि हृदय हातमा हुन्न ।
छलकपटका बाजी जित्दा घमण्ड के गर्नु
एकदिन हार्छौं जिवन बिजय हातमा हुन्न ।
बैज्ञानिक युग भन्छन् सबै सम्भव छ रे
फेरि पनि प्राकृतिक प्रलय हातमा हुन्न ।
दुःख पीडा ‘घायल’ले किन लेख्यो भन्छौ
नसोध, जो लेख्नु पर्ने बिषय हातमा हुन्न ।
दलबीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हालःअलऐन,संयुक्त अरब ईमिरेट्स