Skip to content

बुढेसकालमा क्याम्पस पढ्दा

पहिले जागिर अनुसारको पढाइ हुँदैनथ्यो । अहिले पढाइ अनुसारको जागिर हुँदैन । अर्थात् पहिले जागिर सस्तो र पढाइ महङ्गो थियो भने अहिले ठिक विपरित छ । पहिले मेट्रिक गर्ने विद्घान कहलिन्थ्यो भने अहिले स्नातकोत्तर डिग्री गर्नेको कुनै भाउ छैन, कसैले गन्दैन ।

५-६ पटक भर्ना हुँदै छाड्दै गरेको मैले त्यत्तिकै होइन । विएस्सी/विएड गरेर खरिदारस्तरको जागिर खाँदो म बबुरोलाई किन चाहियो स्नातकोत्तर डिग्री ? शाखा अधिकृत सरहको मा.वि. शिक्षक भएपछि भने मलाई स्नातकोत्तरको प्रमाणपत्र चाहियो । बढुवा हुनका अतिरिक्त उच्च मा.वि.का ११ र १२ कक्षा पढाउँन पनि मैले स्नातकोत्तर गर्नैपर्नै भयो । फेरि, समयको माग-“आजको जमानामा डिग्री नगर्ने मान्छे पनि के मान्छे ?”

आफूले पढाएका विद्यार्थीहरू कोही क्याम्पसमा पढाउँछन् भने कोही २-३ विषयमा डिग्री गरेर निजामतिको उपसचिव जागिर खान्छन् ।

झोँक चल्यो मलाई पनि । दुईमुरीको उमेर काटेर जुँगा-दाह्री पाकेको अनुहार लिएर हान्निएँ म सुकुना क्याम्पसतिर । आफूले पढाएका विद्यार्थीका पनि विद्यार्थीसित सहपाठी भएर कसरी पढ्ने मैले ? आफ्नै विद्यार्थी त्यहाँ क्याम्पसमा गुरू भएको भेटियो भने ! आत्मग्लानि र हीनताबोधले पानी-पानी हुँदै क्याम्पस पुगेर प्रवेश-परीक्षा दिएँ र एम.एड.मा भर्ना भएँ म । कस्ता-कस्ता सरहरू रहेछन् र कस्तो पढाउँदा रहेछन् ? देख्ने र चाख्ने तीव्र जिज्ञासाले एक हप्ताजति कक्षा लिन पनि क्याम्पस गएँ म । कक्षमा आफूभन्दा अँझ बढी दाह्री-जुँगा पाकेका र धेरै भोटा फटाउँने सहपाठीहरू (केही सङ्ख्यामा) देख्न पाउँदा भने ढुक्क भएँ र चिन्ता दूर भयो मेरो । प्रौढावस्थाको अनुभवले हो कि के हो-सरहरूको पढाइ भने मलाई सन्तोषजनक लागेन । एकजना मनोविज्ञानका सर गणेशप्रसाद दाहालको बाहेकअरु सरहरूका कक्षा मलाई निकै पट्यारलाग्दा लागे । एक घण्टी बिताउँने धैर्यता कायम गर्न पनि मलाई हम्मे-हम्मे पर्यो ।

पछि, प्रथम वर्षको परीक्षा दिँदा भने मेरो खुशी र प्रसन्नताले सीमा नाघ्यो । मलाई सावित्रा प्रा.वि. बाम्राङमा पढाउँने सानुकाजी श्रेष्ठ सर मेरो पछाडिको बेञ्चमा बसेर परीक्षा लेख्दै हुनुहुन्थ्यो भने मेरो अगाडिको बेञ्चका परीक्षार्थी रहेछन्-सेवानिवृत्त शिक्षक केशव सोनाम (५८ वर्ष) । मा.वि. शिक्षक र स्रोतव्यक्ति भोगेर सेवानिवृत्त मेरा गुरू सानुकाजी श्रेष्ठसित परीक्षा सकेर भलाकुसारी गर्दा बेग्लै आनन्दानुभूति भयो । अब भने मेरो मनको अज्ञात भय (तर्साउने भूत) मनबाट पूरै हटेर भाग्यो । आफ्नो विद्यार्थीको विद्यार्थी भएर कक्षा लिनुपर्ने र विद्यार्थीको विद्यार्थीलाई सहपाठी बनाउँनुपर्ने आशङ्का बोकेको मैले आफ्नै गुरूलाई सहपाठीका रूपमा पाउँदा हर्षको चरमोत्कर्षमा पुगेँ म ।

सिकाइ जीवनपर्यन्त हुन्छ र पढाइको कुनै उमेरहद हुँदैन ।बुझाइ र दृष्टिकोण आ-आफ्नै हुन्छन् । यति वर्षभन्दा माथिकाले पढ्न नपाउने भनेर कुनचाहिँ शिक्षा ऐन र नियमावलीमा लेखिएको छ र ? गाडीमा भाडा उठाउँने त्यही कन्ट्याक्टरले उही व्यक्ति मलाई विभिन्न साइनोले सम्बोधन गर्दा म स्वयम्लाई अनौठो लाग्छ । टोपी नलगाएको बेला मलाई उसले “दाजु ! भाडा दिनुस्”-भन्छ भने ढाका टोपी लगाएको बेला “अङ्कल” भन्छ । जाडाको समयमा घ्याप्प कान छोप्ने कानेटोपी लगाएको बेला उसैले मलाई “बाजे” भनेर बोलाउँछ । दाह्री काटेको बेला र नकाटेको बेला पनि मलाई गरिने सम्बोधन फरक-फरक हुन्छन् । उमेर र स्मरणको सम्बन्ध भने व्युत्क्रमानुपाति हुने रहेछ । अर्थात् उमेर बढ्दै जाँदा स्मरणशक्ति भने घट्दै जाँदो रहेछ । तर दृढ इच्छाशक्तिका अगाडि कुनै कमजोरीका बाबुको पनि केही नलाग्दो रहेछ । पहिले,आफूसितै आईएस्सी र विएस्सी पढ्दाका २-३ जना साथीहरू पनि मसितै एम.एड.को सहपाठी हुन आएकाले पनि मलाई थप ऊर्जा प्राप्त हुन गयो । परीक्षाको बेला अलिअलि पढेर पनि एकपटक व्याक लागेर मैले एम.एड.उत्तीर्ण गरेँ । पूर्वज्ञान, पेशागत अनभव र साहित्यिक लेखनशैलीले पनि परीक्षामा निकै सहयोग पुर्याएको मलाई अनुभूत भयो । एम.एड. पढाइकै क्रममा आन्तरिक प्रतियोगितात्मक प्रतिस्पर्धामा द्घितीय श्रेणीको बढुवा परीक्षामा एक नम्बरमा नाम निकाल्न म सफल भएँ । यो सफलताको श्रेय पनि पूर्वज्ञान,अनुभव,एम.एड.को चालु पढाइ र लेखनशैलीलाई नै मैले दिनु पर्छ । जे होस्-पढाइले केही न केही नयाँ ज्ञान उपार्जन हुने नै रहेछ ।

कोदो रोपेर धान खोज्नु हुँदैन । लगानी अनुसारको प्रतिफल पाइन्छ । बुढेसकालको यो सामान्य पढाइमा मैले डिभिजनको अपेक्षा कहिल्यै गरिनँ । मरेर, द्घितीय श्रेणी (५० प्रतिशत) टेकिएला कि भन्ने लक्ष्यमा पढियो र सोही अनुसार परीक्षा दिइयो । शोध-निर्देशक भोजराज घिमिरे सरलाई शोधपत्र बुझाइयो । भोलिपल्ट, द्घितीय श्रेणी टेक्छ कि टेक्दैन भनेर दुवै वर्षका मार्कशिट निकाली क्यालकुलेटरमा प्राप्ताङ्क जोड्न थालियो । प्राप्ताङ्क जोडिसकेपछि थाहा भो-मेरो मार्क त घाँटी-घाँटी पुगेछ । अर्थात् प्रथम श्रेणीको निकटमै पो पुगेछ ! अब मेरो लोभको भाँडो बढ्न थाल्यो । शोध-निर्देशक र विभागीय प्रमुखलाई व्यहोरा जाहेर गर्दै बिन्ती बिसाउँन थालियो । यति अङ्क ४६ त आइहाल्छ नि भन्ने आश्वासन पनि पाइयो । मेरै विद्यार्थी विज्ञान राउतले नेपालीमा ४७ अङ्क पाएर गतसाल प्रथम श्रेणी टेकेकै हुन् । यी विभिन्न अवस्था र परम्पराको अध्ययनले मलाई आशावादी बनाएकै हुन् । तैपनि अर्काको हात र तजबिजको कुरा, डर त हुने नै भयो । छातीमाथि एमानको जाँतो झुण्ड्याएर समय गुजारिरहेँ । बैशाखदेखि भदौसम्मका पाँचमहिना समय प्रश्नवाचक मनस्थितिमा मैले बिताएँ । मनमा अनेक आशङ्का बोकेर भयग्रस्त अवस्थामा २०७१ भदौ २१ गते शनिवार शोधको ‘भाइभा’मा सुकुना क्याम्पस बिहानै पुगियो ।

मार्कशिटको फोटोकपि राखेर निरीह अवस्थामा बाह्य परीक्षकलाई बिन्तीभाउ पनि बिसाइयो । “मागेर नम्बर पाइन्छ ?”मज्जैले थर्काएर कड्किनुभो बाह्य परीक्षक प्रा.डा. काफ्ले सर ! शीताङ्ग भएर लल्याकलुलुक हुँदै हतोत्साही भएँ म त्यतिबेलै । ‘भाइभा’पछिका मेरा दिनहरू घोर निराशामा बिते । फेरि, अर्को मनले सोच्यो-“त्यसो भनेपनि आखिर ठूला मान्छेले मलाई नबिगार्लान् !”

एक महिनापछि, पनिका बल्खुबाट ट्रान्सक्रिप्ट निकालेपछि बहुप्रतिक्षित रहस्योद्घाटन भएरै छाड्यो । ५० पूर्णाङ्कको शोधपत्रमा ४२ अङ्क दिएर ५९.६ प्रतिशत (५९६ अङ्क) पुर्याई द्वितीय श्रेणीमा मलाई झुण्ड्याइएछ । अति दुःखी भएर आँसुमा डुब्दै ट्रान्सक्रिप्ट च्यापेर आएँ र सुकुना क्याम्पसमा पुगेर चारित्रिक प्रमाणपत्र लिएँ । अन्तिम गाँसमा ढुङ्गा लाग्यो र खाएको नखाइ भयो । आजीवनको दीर्घरोग यो लाग्यो र कहिल्यै निको नहुने घाउ भयो । सुकरातलाई विष पिलाइएकै नियति भो मेरो ! एकहप्तासम्म आँखामा आँसु थामिएनन् मेरा । वहाँहरूको प्रतिस्पर्धी र कुनै प्रतिद्वन्द्घी त थिइनँ म । अरुलाई दिइँदै आएको ४६ अङ्क मलाई दिएको भए प्रा.डा. काफ्लेको के बिग्रन्थ्यो ? विभागीय प्रमुख भनिने श्रेष्ठलाई के घाटा लाग्थ्यो ? यदि कसैको आँसुले कसैलाई पिर्छ भने !

रामविक्रम थापा
फाक्टाङ-२, कृष्णगर्त, खोटाङ

1 thought on “बुढेसकालमा क्याम्पस पढ्दा”

  1. TYAHI TA RABITHA SIR
    KURO BHOGAIKO…ho sir

    अनुभूति/मनोन्यास रामविक्रम थापा
    बुढेसकालमा क्याम्पस पढ्दा
    editor — Sun, 02/22/2015 – 15:19

Leave a Reply to nandalal.acharya Cancel reply

Your email address will not be published. Required fields are marked *