होलीको रङ्ग यो मनलाई, दुखाएर आयो
ओठको मुस्कानलाई कतै, छुपाएर आयो
के गर्ने होला अब, कसो गर्ने होला यहाँ
दु:ख झार्ने आसुको मुल, सुकाएर आयो
बलियो त पारेकै थे, सम्बन्धका डोरिहरू
विस्वास घातले जिते, सबै फुकाएर आयो
हैन कति छलाउछस्, ए जिन्दगी मलाई
मुटु भित्र घाऊ नै घाऊ, घुसाएर आयो
होलीको रङ्ग यो मनलाई, दुखाएर आयो
ओठको मुस्कानलाई कतै, लुकाएर आयो
रन्जना न्यौपाने
चरिकोट, दोलखा
