जिन्दगीको के नै दोष त्यो तक्दिरलाई सोध
सधैँ पुज्ने त्यो द्यौता र मन्दिरलाई सोध
ठूलो ठूलो तिम्रो इच्छा पूरा गर्ने सम्बन्धमा
म गरिबलाई के सोध्छौ त्यो अमिरलाई सोध
सजाएकै होलाउ नि तिम्रो कोठाको भित्तामा
सबै प्रश्नको जवाफ त्यो तस्वीरलाई सोध
रुप धारण गरेर कहाँ कहाँ बटारियौ ?
तिमी आफूले आफ्नै त्यो शरीरलाई सोध
तिम्रो भविष्य वारे तिम्रो पछि जो लाग्दैछ
मलाई के नै सोध्छौ र त्यै मुशाफिरलाई सोध ।
– © मानन्धर अभागी
