फेरि पनि आज मेरो, हार भएको छ
बेहाल त्यो मेरो, घरबार भएको छ
घात भयो मेरो मनको, विश्वास माथि
उस्लाई दोशी ठान्ने, आधार भएको छ
कोशिस धेरै गरे, सम्हाल्न जिन्दगीलाई
ती हरेक प्रयासहरू, बेकार भएको छ
चोखो माया दिएको थे, आख बन्द गरी
हुन्थो माया एउटै, यहा प्रकार भएको छ
उज्यालोको सहाराले, थोरै बाटो हिड्दै थिएँ
एता उता जताततै, अन्धकार भएको छ
अलि अलि गर्दै, खुल्दै छन् यी आँखा मेरा
बैरी मेरो लागि यो, सन्सार भएको छ
रन्जना न्यौपाने
चरिकोट, दोलखा

Ramro chha …
Ramro chha …