मलाई यिनै डाडापाखा, बन प्यारो लाग्छ
मेहनती हात अनि, जीवन प्यारो लाग्छ
सक्छौ भने पराई हैन, आफ्नो बनी देखाऊ
मायारुपी बानी, आफ्नोपन प्यारो लाग्छ
सबैलाई राम्रो सोच, अनी राम्रो हुन्छ सधैं
निस्वार्थले भरिएको, मन प्यारो लाग्छ
रमाउन चाहन्न म, अरुको त्यो दु:खमाथि
आफ्नै दु:खले कमाएको, धन प्यारो लाग्छ
जब चड्छौ उचाई, पुग्छौ आफ्नो उद्देश्यमा तब
मिठास त्यो अनुभूति, अनुपम प्यारो लाग्छ
रन्जना न्यौपाने
चरिकोट, दोलखा

hi
सारै मन छुने गजल