Skip to content

तीन मुक्तक (पोखिनु हुँदैन)


एक
पोखिनु हुँदैन मन बाँध बाँध्नु पर्छ साँहिली
चुल्हा चौका मात्र होइन अब, मंगल ताक्नु पर्छ
पिंजडाको चरीले वन उपवन डुल्न सक्दैन
एक्काइसौँ शताब्दीको नारी अब जाग्नु पर्छ ।

दुई
हामी बाउन्न लात त्रिपन्न ठक्करमा रुमल्लिरह्यौं
भीरको चिन्डो जस्तै अक्करमा रुमल्लिरह्यौं
माटोको टीका लगाएर बिदेशी प्रभुको ईशारामा नाच्यौं
त्यसैले त संक्रमणको यो लामो गोल चक्करमा रुमल्लिरह्यौं ।

तीन
जता हेर्यो खति माथिको खति
खल्ती खल्तीमा राष्ट्रिय ढुकुटी जति
कति सहने हो हामी जन्तु जनार्दनले
यी नेताहरूको दुर्गति र उँधो मति ।ा
(हिजो आज हामी जनताबाट जन्तु भएका छौं, जे पनि सहने)

Leave a Reply

Your email address will not be published. Required fields are marked *