Skip to content
AjitChhetri-02


रातले सागरमा नुहाएको
र दिनले पहाडको उकालो उक्लँदै गर्दा
एकहुल चिसो बतास
मेरो कानै नेरबाट दौडिन्छ
मेरो आलिङ्गनको न्यानोमा
समागम हुन आतुर
हे बतास
मलाई छोएर त हेर
मेरो देहको तातो चुल्होमा
तिमी नौनी झैं पग्लने छौ
मेरो पवित्र इनारमा डुवुल्की
मार मात्र
म प्रेमको फूल
सडक माझ फुलाई दिन सक्छु

तिमी आयौ र हेरेर गयौ
मेरा अंग अंग
भन तिमीलाई मेरा कुन अंग
मादक लागे ?
हो तिमी बहकिएका छौ
मेरो अंगसँग
मेरो नितम्बको बैंसालु सुबाससँग
र त तिमी आउँछौ
हरेक बिहान
म निद्रामा छँदै
र मलाई सुँघेर जान्छौ
ए बतास
के मसँग एकरात बिताउँछौ तिमी ?
तिमीसँग एक रात
बैंश साट्ने
रहर छ मलाई

ए बतास
तिमीसँग एक रात
बैंश साट्ने
रहर छ मलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *