Skip to content

भए केही गल्ती


भए केही गल्ती, यो शहरले गाली दिन्छ
हुँदैन सपना पुरा, त्यो रहरले गाली दिन्छ

देख्दिन केही साचो, झुटको खेती छ यहाँ
गर्दै झगडा खुशीका, ती लहरले गाली दिन्छ

गर केही राम्रो भन्दै, सम्झाउछन् सधैं सबै
त्यै भएर होला शायद, कहरले गाली दिन्छ

सुख्खा छ जताततै, मनदेखि वनसम्म
गर्दैनौ किन सिचाइ, नहरले गाली दिन्छ

लिदै छ प्राण यहाँ, बच्चा देखी ठुला सबको
किन राख्छौ सस्तोमा, जहरले गाली दिन्छ

रन्जना न्यौपाने
चरिकोट, दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *