Skip to content

एकले थुके सुकिजान्छ


एकले थुके सुकिजान्छ लाखले थुके नदी बन्छ
सबले नीजि स्वार्थ त्यागौं बल्ल नेपाल बन्छ

भाइ-भाइको एकता भाँड्यौ र पो मार्यौ
घर पोलेर खरानी बाँड्यौ र पो मार्यौ
यौटै थियो फूलबारी तर सयौं फूल
फूलबारीलाई टक्राएर छाड्यौ र पो मार्यौ ।

दशैं तिहार ल्होसार माघी थियो सबको साझा
अलग अलग जात भाषा अलग राज्य भन्छौ आज
एउटै घर छ एउटै आँगन फेरि किन चुलो बेग्लै ?
आऔं मिली देश बनाऔं चिनाऔं संसार माझ ।

1 thought on “एकले थुके सुकिजान्छ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *