Skip to content


आमा,
तिम्रो छोरालाई कहिले देशले माग्यो
कहिले बिदेशले माग्यो ।

केही तिम्ले सिकायौ
केही समयले सिकायो ।

सानोमा तिम्लाई खोजेर रुन्थें म
आज मलाई सम्झेर रुन्छेऊ तिमी
हिंजो तिम्रो काखमा निदाउँथें
आज तिम्रा आँखामा निंदाउँछु
तिमी तिम्रो देशमा छ्यौ
आमा, म परदेशमा छु ।

आमा,
तिम्रो छोरोलाई कहिले देशले माग्यो
कहिले बिदेशले माग्यो ।

यहाँ बाडुल्की लाग्दा त्यहाँ सम्झ्यौ झैं लाग्छ
यहाँ पानी पर्दा त्यहाँ रुझ्यौ झैं लाग्छ
भन्न त भन्छ्यौ सधैं हाँसेकै छु भनी
यहाँ रुँदा त्यहाँ ब्यूँझ्यौ झैं लाग्छ

हुर्कायो, बढायो, उकेरा लगायो
तकदिरले सात समुद्र कटायो
आमा,
तिम्रो छोरालाई कहिले देशले लग्यो
कहिले बिदेशले लग्यो ।

आमा तिम्रो छोरालाई कहिले देशले माग्यो
कहिले बिदेशले माग्यो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *