Skip to content

चाहेर पनि कहिल्यै


चाहेर पनि कहिल्यै, पाउन नसक्ने प्रेमी हुँ म
मनमा छ माया, देखाउन नसक्ने प्रेमी हुँ म

हो म अलग्गै छु, नगर मेरो तारिफ तिमी
भेट्न् कुनै ठाउँमा, धाउन नसक्ने प्रेमी हुँ म

जाऊ टाढा टाढा तिमी, छैन ममा केही राम्रो
दिएर खुशी दिलमा, छाउन नसक्ने प्रेमी हुँ म

मान्छु म मेरो गल्ती, गल्ती नगर्ने को छ यहाँ
छोपी गल्ती झुट गीत, गाउन नसक्ने प्रेमी हुँ म

कर्तव्य छ सीमा छ, माया मात्र हैन जिन्दगी
भुलेर सबै थोक प्रीत, लाउन नसक्ने प्रेमी हुँ म

रन्जना न्यौपाने
चरिकोट, दोलखा

2 thoughts on “चाहेर पनि कहिल्यै”

  1. धन्यवाद, इन्द्र गेलाल सर!
    धन्यवाद, इन्द्र गेलाल सर!

Leave a Reply

Your email address will not be published. Required fields are marked *