Skip to content

भुलेर आत्मीयता, मुटु किन्छन् रे


भुलेर आत्मीयता, मुटु किन्छन् रे शहरमा
आफ्नाले आफ्नैलाई धोका, दिन्छन् रे शहरमा

हुँदैन भर कसैको, हुन्छन रे जाली सबै त्यहाँ
एकले अर्कोको खुशी जति, छिन्छन् रे शहरमा

मलाई त गाउँ प्यारो, रमाइलो ठाउँ प्यारो
रुवाउदै मन जीवन चोरी, लिन्छन् रे शहरमा

हुँदैन रे प्रेम कसैमा, स्वार्थी मात्र रहन्छन रे
मौका मिले मानिसलाइनै, पिन्छन् रे शहरमा

एउटालाई पीडा पर्दा, सबै रुने घाउ यो मेरो
बेसहारा दुखीलाई नहेरी, हिन्छन् रे शहरमा

1 thought on “भुलेर आत्मीयता, मुटु किन्छन् रे”

  1. प्रतिक्रिया
    गजलकाे सुन्दरताले मलाइ ता लाेभ्यायाे । साथै गजलगाेलाई निकै बेर हेरिरहे‌ । तर अनुहारमा कतै कतै पाेताे अाएर नराम्रो भएझै गजलमा पनि केही पाेतो बसेकै छ । त्यसलाई सफा पार्न पाए सुनमा सुगन्ध । अावश्यक भए मलाई सम्झनुहोला बैनीले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *