खरानी जलाऊ जल्दैन कहिल्यै
विश्वास ढालेर ढल्दैन कहिल्यै
धोकाको बिषालु दुर्गन्ध फैलियो
मायाको सुवास चल्दैन कहिल्यै ।
करेसा बारीमा घिरौंला रोप्यौ रे!
अब त्याँ सुन्तला फल्दैन कहिल्यै ।
बाटोमा हजारौं हजार काँडा हुन्
यात्री हो थाकेर गल्दैन कहिल्यै ।
फेरि नि मुटुमा खुकुरी चलाउँछौ
‘घायल’त्यै चोटले ढल्दैन कहिल्यै ।
गुप्तेश्वर-३, रामेछाप
हाल: अलऐन,युएई
सर्वाधिकार©घायल २०१५
