Skip to content

आफ्नै प्यारो घर पनि काल बनेको छ


आफ्नै प्यारो घर पनि काल बनेको छ
हजारौंको हत्यारा यो साल बनेको छ ।

प्रकृतिको लिला के हो बुझ्नै नसकिने
कतै रगत कतै आँसु ताल बनेको छ ।

महल ढले ओत लाग्ने झुप्रो पनि ढले
आश्रयको बिकल्प त्यै पाल बनेको छ ।

प्राण धान्नै कठिन भयो गरिबले अब
के खाने हो रित्तो भाँडा थाल बनेको छ ।

शब्द छैन बोल्नलाई ‘घायल’को सामु
परदेशमा आधिमर्दो हाल बनेको छ ।

गुप्तेश्वर-३,रामेछाप
हाल:अलऐन,युएई
©घायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *