Skip to content

बिक्न तयार नेताहरु


बिक्न तयार नेताहरू होलसेलमा भेटिन्छन्
देशै लुट्न खोज्नेसित हेलमेलमा भेटिन्छन्

नेता हुने योग्यताको मापदण्ड यहाँ छ
गुण्डा थुने महानेता जेलजेलमा भेटिन्छन्

ए जनता ! न्याय खोज्न सिंहदरवार नजाऊ
कुर्सी खोस्ने बह्रैमासे खेलाखेलमा भेटिन्छन्

भ्रष्टचारले देश अनि राजनीति बिग्रियो
कर्मचारी सत्ताधारी जालझेलमा भेटिन्छन्

बिपत्तिले गरिबहरू भोकै अनि ‘घायल’ छन्
राहत बेच्ने नेताहरू यही भेलमा भेटिन्छन्

गुप्तेश्वर-३, रामेछाप
हाल: अलऐन,युएई ©घायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *