Skip to content

चार मुक्तक (महाकम्पन)



महाकम्पन तैंले सम्पदा गर्भभित्र गलाइस्
पराकम्प ठूला पठाइस अन्य धेरै ढलाइस्
के गरेका थिए र यी निर्जीव संरचनाले
यसकै चेपुवामा पारेर मान्छे धेरै चलाइस् ।


सुनिदैछ अब पुननिर्माण हुन्छ रे
आँशुको भेल सबै त्यसले नै धुन्छ रे
भैँचालोको निहुँमा भैसक्यो सहमति
नेपालले प्रगतिमा आकाश छुन्छ रे ।


सम्पदा मात्र होइन मनपनि तासिदैछ
गाऊवस्ती डाँडा पाखा पनि नासिदैछ
उसै त गरिब संसारकै एक नम्वर
नगरे दूख राष्ट्र हाईटी तर्फ भासिदैछ ।


कहिल्यै नसकिने पीडा यो अब भुल्नुपर्दछ
एकै ठाऊँ बस्दा बल्झन्छ रे दूख डुल्नुपर्दछ
मरेकालाई घाईतेलाई मात्र सम्झिएर खाली
बस्नु हुन्न अब खिल्खिलाएर फुल्नुपर्दछ ।

1 thought on “चार मुक्तक (महाकम्पन)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *