प्रकृति भनेका दैव हुन्
भगवान भनेका प्रकृतिमा कुँदिएका
चित्र विचित्रका आकृतिहरू हुन् ।
दैव लागेपछि मान्छेको त के
स्वयं भगवानको पनि विनास हुन्छ ।
मान्छे प्रकृतिमाथि विजय भएको
कथित भानमा पर्छ,
मानव उत्पति र विकासदेखि रचना गरेको
संरचना, विकसित संस्कृति
एक निमेषमा नै ध्वंस्त हुन्छ ।
दैवसँग के छैन,
भूकम्प छ, तीस सेकेण्डमा तहसनसह पारिदिन्छ ।
चट्याङ छ
पाँच सेकेण्डमा उजाड बनाइदिन्छ ।
हावा, हुरी, बतास र आँधी पनि छ
संसार उडाइ दिन्छ ।
तातो हावा आउँछ,
चराचर प्राणी वनस्पतिलाई त्राहीत्राही बनाउँछ ।
लामो खडेरी, अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टि
असिनाको वर्षा त छदैँछ,
बाढी, पहिरो अनि
रोग, महामारी प्रकोप पनि साथ मै छ ।
त्यसैले हे मानव,
दैवको ताण्डव
भ्रममा नपर
प्रकृतिमाथि विजय गर्ने, अनि दैवलाई नटेर्ने
काम छोडि दे ।
दैवसँग हरेक अस्त्र छन्,
जसमध्ये एकले तेरो सर्वसङ्गार हुनेछ ।
तिलक कार्की
रामेछाप
