Skip to content

हिजो मलामी बोलाई गएछ


हिजो मलामी बोलाई गएछ लाश उठाएर
क्रिया कर्म गराएछ सय पचास उठाएर

जहाँ आकाश ढाक्यो कालो वादल मडारेर
अन्धकार भो जीवन उज्यालो प्रकाश उठाएर

दुष्ट त्यो दुर्योधनले आज ती द्रौपदीलाई
निर्वस्त्र बनाई छाडी गएछ लाभाँश उठाएर

धर्मको नाउँमा कलङ्क कस्तो निर्दयिरहेछ
शिरमा फूल्दै गरेको टपक्क पलाँस उठाएर

कस्तो यो समयकाल भो जिन्दगी धराप भो
हेर्नोस् त आफ्नैले आफ्नोको विश्वास उठाएर ।

– © मानन्धर अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *