हिजो मलामी बोलाई गएछ लाश उठाएर
क्रिया कर्म गराएछ सय पचास उठाएर
जहाँ आकाश ढाक्यो कालो वादल मडारेर
अन्धकार भो जीवन उज्यालो प्रकाश उठाएर
दुष्ट त्यो दुर्योधनले आज ती द्रौपदीलाई
निर्वस्त्र बनाई छाडी गएछ लाभाँश उठाएर
धर्मको नाउँमा कलङ्क कस्तो निर्दयिरहेछ
शिरमा फूल्दै गरेको टपक्क पलाँस उठाएर
कस्तो यो समयकाल भो जिन्दगी धराप भो
हेर्नोस् त आफ्नैले आफ्नोको विश्वास उठाएर ।
– © मानन्धर अभागी
