Skip to content

नेपाली मात्र बन्नु छ


छ सम्विधानको वात देशभित्र निरन्तर ।
पर्खी बस्दछ नेपाली बन्दैन खासमा तर ।।

आआफ्नै डम्फु ठोकेर बन्छ भन्छौ यहाँ किन ।
सम्झौता के गरी हुन्छन् फर्कदै उत्तर दख्खिन ।।

यौटा भन्दछ नेपाल आठ प्रान्त हुने गर ।
अर्को वोल्दछ सीमाना चाहिन्छ वर्दिया पर ।

तेश्रोको चाहना हुन्छ पुर्याऊँ वस्तिका तल ।
चौथाले प्रान्तको नक्शा विगार्नै खोज्छ केवल ।।

यस्तोमा कसरी काटिन्छ सुन्तला हैन देश त
ल्याएमा भिन्न पार्टीका नक्शा बोलिन्न वेश छ ।

कसैका माग देखिन्छ हुने जातीय प्रान्तका ।
नेताका साथमा हुन्छन् जित्ने खाका चुनावका ।।

भिन्नै प्रदेश थारु र किराँत भिन्न रोज्दछ ।
मधेसीले तराईका सिंगो प्रदेश खोज्दछ ।।

गुरुङ्ग ताक्छ मेरो नि तमुवान उ भन्दछ ।
मगर भन्छ बनाऊँ लुम्विनी क्षेत्र बन्दछ ।।

यहाँ बोल्नेछ सुव्वा त लिम्वुवान कहाँ छ र ।
कोचे धिमाल चाहन्छन् कोचिला प्रान्तमै घर ।।

तामाङ माग गर्नेछ खै त मेरो तामसालिङ ।
राईमै पनि उठ्ने होला राज्यको माग खालिङ ।।

नेवार चाहियो भन्छ नेवा देऊ प्रदेश त
शेर्पाको हुन्छ आवाजै जडानखै कहाँ छ त ।

यस्तै यस्ता उचाल्ने र पछार्ने भीड हुन्छर
काटी काटी विगार्छौ कि नेपाल देश सुन्दर ।।

पीर यो विपनामा छ कता जाँदैछ पावर ।
नराम्रो सपना देखिन्छन् लाग्दैन कत्ति जाँगर ।।

खोजी गरौं कहाँ हामी सपूत मिल्छ खै भनि
देख्यौं नेपालको वेथा केही निकास छैन नि ।।

नेपाली कामना राष्ट्र सदा नेपाल भन्नु छ ।
चाहन्न बन्न विदेशी नेपाली मात्र बन्नु छ ।।

छन्द अनुष्टुप

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *