Skip to content

दुख्दैछ आज यो देश


दुख्दैछ आज यो देश मेरो सिमाना बल्केर
आगोमा हात नराख वैरी जलाउला दन्केर ।

पुर्खाको चिनो स्वतन्त्र देश खानलाइ नखोज
दवाइराख्छु यो सानो राष्ट्र कहिल्यै नसोच ।

विदेशी माटो स्वतन्त्र पार्न लड्दैथे विगतमा
उम्लेर बग्छ यो राष्ट्र प्रेम नेrपाली रगतमा ।

आधापेट खान्छ भूइँमै सुत्छ गरिन्न विलाप
वैरीका धावा रोक्नकै लागी राष्ट्रिय मिलाप ।

मरेको श्याल नसम्झ तिमी गर्जने सिंँह हो
संसार भन्छ गोर्खाली सदा वीरको चिन्ह हो ।

मित्रका लागी गहिरो प्रेम वज्रले शत्रुमा प्रहार
यो माटो जोगाइ हँसिलो बनाउँ राष्ट्रको मुहार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *