उजेली र अँधेरीको भेटघाट
गोधुलिमा हुन्छ
तिम्रो मेरो साथ छुट्दा
परेलीमा भिज्छ
बिहान हुन्छ दिन पछि रात
तिम्रो मेरो छुट्ट्यो साथ
कस्ले गर्यो घात
सँगै जिउने मीठो थियो बात
सुम्पिएछ्यौ अरुलाई हात
मेरो छैन तिमीलाई केही दोष त
यी सबै हुनु समयकै हात
