जसै म हेर्छु यस कोठाभरि,
तसै म देख्दिनँ कोही पराई;
भेटेका छैन म होला हामी कहिल्यै,
तर सम्बन्ध त थियो अटुट जहिल्यै;
मानवताको,
अनि सकल जगतीय एकल चेतनाको,
एकजुट हुने भावनाको,
हो, सबैको एउटै चरम तकदिरको;
जब जब हेर्छु यस कोठाभरि,
तब तब म देख्छु स्वच्छ आत्माहरू;
प्रत्यकको आफ्नै गाथा सुख दुःख रमाइलो,
रिस र रागको
तर,
तर ती सबैको उपर म देख्छु,
संगठन शान्ति, माया अनि सद् भावको,
हाम्रो एकमात्र साचो प्रकृतिको;
म आज बोलिरहेछु,
बोलिरहेछु आफ्ना समस्त इन्द्रीय र अस्तित्वको साक्षी बनी,
दिँदै छु शुभकामना अन्तर मनै देखी;
हर्श, उमङ्ग, उन्नति र शान्तिको,
नबिन सपनाको अनि अटुट विस्वासको,
जीवनमा विभिन्न रङमा रमाउनका लागि सक्ष्यमताको;
मञ्चबाट जानु अघि,
अन्तमा केही भन्दैछु म;
रमाइलो गरौँ जीवनमा दुःख नदिऔँ कसैलाई परन्तु,
लोकाः समस्ताः सुखिनो भवन्तु;
शान्ति शान्ति शान्ति
प्रवल दाहाल
अक्टोबर २०१५
