Skip to content


छाती चिरेकै थिएँ पीडा सहेकै थिएँ
सोच्दै न सोची मिठो माया गरेकै थिएँ

मोडेर बाटो गयौ गाली गलौचा गरी
खोलेर ढोका यहीँ बासै दिएकै थिएँ

धोका दिनेको यहाँ ठूलै छ चर्चा पनि
दोषी म आफैँ भएँ अन्धो बनेकै थिएँ

तिमीलाई सयोग चाहिएकै थियो हल गरीदिए
चर्चा नगर भनी पुन भनेकै थिए

मुर्दा सरी जिन्दगी बाँचेर संसारमा
हुन्छ्यौ अलगै तिमी चाँडै भनेकै थिएँ

गोविन्द बहादुर अभागी
DEO कालिकोट

2 thoughts on “छाती चिरेकै थिए”

  1. अनि यो चाहिँ मनोविश्लेषणात्मक
    अनि यो चाहिँ मनोविश्लेषणात्मक कथा रे !! कसरी??

Leave a Reply to एकदेव Cancel reply

Your email address will not be published. Required fields are marked *