Skip to content

ओइलिएर झर्न दिन्न


ओइलिएर झर्न दिन्न मनमा फुलेका रहरलाई
हुन दिन्न अँध्यारो कहिल्यै मेरो आशाको शहरलाई
जबसम्म चल्छ जीवन यात्रा अघि बढाइरहन्छु
एउटा सपना टुटिगयो त के भो र नयाँ सपना सजाइरहन्छु

धैर्यताको बिरुवा रोप्छु बिपत्तीको पहिरो झरे
पुछिदिन्छु आँसु सम्झी आँखाभरि बाढी आए
मनभिर मर्न दिन्न कल्पनाको रहरलाई
भूईंचालोमा पर्न दिन्न मेरो आस्थाको घरलाई
जब हुन्छ सास जिन्दगीलाई चलाइरहन्छु
एउटा सपना टुक्रियो त के भो र नयाँ सपना सजाइरहन्छु

मृत्यु आई चुँडोस् मलाई भाग्यलाई चुँडिन दिन्न
भूमरी चलोस् बाटैभरि खुसीहरू उडाउन दिन्न
खहरे भीरले छोप्न दिन्न दिलभित्रको बगरलाई
कहिल्यै बन्द हुन दिन्न भविष्य हेर्न आँखालई
जहाँसम्म पुग्छ बाटो पाइला अघि सारिरहन्छु
एउटा सपना टुक्रियो त के भो र नयाँ सपना सजाइरहन्छु

शब्द – डिपी खनाल
स्वर – आर्जन पाण्डे
संगीत – किरण कँडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *