१,
किन खस्छन् आँसु मेरा परेलीका डिलबाट
कैले होला छुट्ने मैले बल्झिने यो खिलबाट
दुख्छ मुटु पोल्छ छाती बेहोस् हुन्छु हरदिन
कसो गरी फालुँ मैले तिम्रो याद दिलबाट?
२,
भूकम्पपछि चिसोले मर्दैछन् जनता
नाकाबन्दीको मारमा पर्दैछन् जनता
किन चाहियो संकटमा यत्रो मन्त्रीहरू?
निकम्मा सरकार! प्रश्न गर्दैछन् जनता ।
३,
सप्रिए हार्दिक बधाई भनौंला
बिग्रिए कठै नि रुवाई भनौंला
सल्लाह देकैहुँ नजाऊ त्यो बाटो
गइछौ बेकारभो कडाई भनौंला !
४,
तिमीले के लेख्यौ त्यो फरक छ
एक्लै जेजे देख्यौ त्यो फरक छ
म त्यो किनिने र बेचिने चिज हैन
बजारमा जे बेच्यौ त्यो फरक छ !
५,
बाचाहरू नलेखेका तमसुक भएका छन्
भावहरू आफैभित्र भावुक भएका छन्
अहँ! छैनन् उत्साहका कुनै संकेत यहाँ
त्यसैले त बाँच्ने आशा नाजुक भएका छन् !
दलवीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३, रामेछाप
हाल: अलऐन, संयुक्त अरब ईमिरेट्स
©घायल २०१५

nice
Excellent composition.
हार्दिक धन्यवाद ….!
हार्दिक धन्यवाद ….!