Skip to content


कसरी देखाऊँ मूटुको माय,
तिमीलाई खोली मैले सानु
बुझ्दिनै तिम्ले जति भने,
मुखले बोली मैले सानु

नआउने भए सम्झना तिम्रो,
बह पोख्ने थिइन सानु
नबोल्ने तिम्रो तस्बीरसँग
माया जोख्ने थिइन सानु

बुझ्नु पर्ने मनको भाव,
टाढै भए पनि सानु
सक्ने भए उँडी आऊ न,
पंक्षी बनी आउँथे सानु

कलेजीमा हुन्छु तिम्रो,
थाहा पाउन्नौ तर सानु
तिमी बाहेक संसार मा,
को नै प्यारो छ र सानु ?

तुल सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *