स्वाभिमान जिनदावा, नारा जिन्दगीको
यही मेरो कमाइ हो सारा जिन्दगीको

गगन यही, सूर्य यही, चन्द्र पनि यही
बनेको छ स्वाभिमान तारा जिन्दगीको

सगरमाथाभन्दा उच्च हुनुपर्छ शिर
सरल-सम्यक् हुनुपर्छ पारा जिन्दगीको

रमाउँछौं पसिनामा नाच्छौं सादगीमा
थोरै-थोरै बनाउँछौं चारा जिन्दगीको

अविरल नदीजस्तै बगौं सिर्जनामा
सुक्नु हुन्न कैले पनि धारा जिन्दगीको

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *