नीलो आकाश भो रातो यहाँ माटो बिरामी छ
हिमाली हिउँ भयो तातो यहाँ माटो बिरामी छ
दिलैमा भा’छु बेचैनी बगेछ आँसुको धारा
खुशीको भाँचियो पातो यहाँ माटो बिरामी छ
घटा आएछ इर्ष्याको भयो अङ्गारको वर्षा
बिना हातो भयो जातो यहाँ माटो बिरामी छ
थलो पर्दै गएकी छन् व्यथा बढ्दै गयो प्रिया
‘हुसैन’ को गैसक्यो सातो यहाँ माटो बिरामी छ
