सुन्दै खेरी बिरक्तिन्छ, सारंगीको धुन्
हेर्दा पनि उराठ लाग्छ, आज भोलि जुन
छाती सार चिरिँदा नि, सक्या छैन रून
आत्मा जल्दा शरीर भष्म, नहुने भो किन
सधैंका निम्ति बुझ्न पाए, तिमीलाई देख्ने आँखा
न त खोज्थे दिनभर, न कल्पिन्थे साँझ
मन मर्यो हाड छाला गल्यो, जिउदो लाश छ बॉंकी
झुण्डिराछ सास अँझै, तिम्रै मायॉं सँची
देख्न पाए अन्तिम मुहार, भलै झुक्किएर
त्यत्तिकैमा जान्थ्यो होला, प्राण खुस्किएर
तुल सिंह नेपाली

गीती कविता राम्रो छ । तर
गीती कविता राम्रो छ । तर सुरुकाे उच्चता क्रमशः कमजाेर हुँदै गएकाे देखियाे ।
सबिता जी टिपणी र सुझब को
सबिता जी टिपणी र सुझब को निम्ति मुरी मुरी धन्यवादछ कबिता को सुरूवात एक सॉंचो प्रेम गर्ने प्रेमी बाट गरिएकोछ र जहॉं बाध्यता बस बिछोडको पिडा र अन्ति ईच्छा प्रकट गरिएको छ निश्कर्ष मा सॉंचो मायॉं गर्ने हरू ले आफनो प्राण भन्दा पनि प्रेम लाई महत्व पुर्ण सम्झिन्छन भन्ने कुरा ब्यक्त गर्न खोजिएकोछ…..