Skip to content

बतासले उडाइल्यायो माया मेरो


बतासले उडाइल्यायो माया मेरो
फूलमाथि सजाइदियो छायाँ तिम्रो
जिन्दगी उपहार भो ढकमक जोवन फुल्यो

हिमालको चोखो हावा जस्तो तिम्रो माया
संग्लो बगेको पानी जस्तो तिम्रो माया
इन्द्रेणीको रंगसँगै माया तिम्रो मनमा सज्यो
जिन्दगी उपहार भो ढकमक जोवन फुल्यो

ब्यूँझाई रहर मेरो झस्कियो मुटुभरि
कसले सम्झेर आफ्नो बाँधियो बन्धनसरी
मायाको जाल सानो सानो घर सबै मेरो संसार भो
जिन्दगी उपहार भो ढकमक जोवन फुल्यो

स्वर – कुमार कान्छा, आशा भोषले
संगीत – रनजीत गजमेर
चलचित्र – चिनो

Leave a Reply

Your email address will not be published. Required fields are marked *