Skip to content

तिम्रै लागि


भयो भेट किन हाम्रो थाहै भएन बलात
छुट्टिएर बस्नु पर्ने
आफ्नै आँचलमा राख्थे रुकमणिी
यहाँ छैनन राधा तिमीलाई स्वीकार्ने

रहन्छु हेरी क्षितिजबाट बादलैको सहाराले
आउन नजिक सक्दिन
आई नजिक तिमीसँग हुनलाई एक भन्दिन

सुतेको फूललाई काँडामाथि
देखेको छु जति पीडा भए पनि
सत्य त्यही हो सक्दिन हेर्न तिम्रै भुल
तिमी रोएको भए पनि

अस्ताउँदै गरेको हाम्रो अस्थायी प्रेम सम्बन्धको
कसम के दिऊँ तिमीलाई
तोडी जाने सम्बन्ध छोडी जाने जिन्दगीको

नछोइ तिमीलाई टाढाबाट हेरि चित्त बुझाउँला
सपनीमा पनि न आउने कसम पनि खाउँला
अधिनमा रहन्न कसैको भन्छन देखि हाले सपनीमा
बिहान उठि पानी दिदै भनौला नहोस तिमी दुखमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *