पत्थरलाई सुन ठानी टल्काएर भूल गरेँ
निभेको त्यो दीप फेरि सल्काएर भूल गरेँ
जाँदै थियो डाँडा काटी किन रोकेँ बेकारमा
निष्ठुरीलाई माया दिँदै पल्काएर भूल गरेँ
रैछ क्यारे काँडाबीच मौलाएको काउछो जस्तै
गुलाब सोची आफैंतिर ढल्काएर भूल गरेँ
के रसाउँथ्यो मरुभूमि ? बेकार हो आशा गर्नु
खडेरीलाई सारा माया छल्काएर भूल गरेँ
अनाहकै पूजा गरेँ पत्थरलाई द्यौता ठान्दै
टुटी हाल्ने स्वप्नहरू झल्काएर भूल गरेँ
-सानु खतिवडा
मकवानपुर
हाल:-इजरायल

लाै गजल अति नै मार्मिक र
लाै गजल अति नै मार्मिक र माेहक पनि छ । खुसी लाग्यो । उही विदेशमा बसिन्जेल देशकाे र मायाकाे पीडा मात्र पाेखिनु भएन । स्वदेशमा अाए पछि पनि यो क्रम टुट्न दिनु भएन । साधुवाद ।