तिमी कति बैगुनी रहिछ्यौ, बल्ल बुझे अहिले
तैपनि दिन्न तिमीलाई, दोष सबै मैले
बुझाइ केही गल्ती मेरा, अनि चाल तिम्रो त्यस्तै
आफ्नै मान्छे जस्तै बन्ने, चलन रहिछ तिम्रो त्यस्तै
मुखले ठिक्क मनमा अर्को, काउलो पार्ने रहेछ बानी
नबुझेररै मैले भने, सजाएछु मनकी रानी!
साथ दिउँला भनी मैले, गरेकै थे बाचाहरू
हता समाई तिमीले भने, हिन्दै रहिछ्यौ कुनै अरू
सफल रहोस तिम्रो सपना, भलै मेरो मरे पनि
फक्रिरहोस फूल तिम्रो, मेरो कोपिला झरे पनि
तुलसिंह नेपाली
दैलेख
हाल- यू ए ई
