Skip to content

हिड्दा हिड्दै दोबाटोमा


हिड्दा हिड्दै दोबाटोमा छोड्यौ निष्ठुरीले
बाँचा कसम गाठो पारी तोड्यौ निष्ठुरीले

दिएकै थे राजीनामा मन र मुटु तिम्रै नाममा
फिर्ता दिई कागज पत्र छोड्यौ निष्ठुरीले

निधारमा गरिबीको रेखा देखेपछि
धनीसँग नाता फेरि जोड्यौ निष्ठुरीले

तिम्रो पनि हस्ताक्षर छ मेरो कलेजीमा
अरे,आज फेरि त्यही किन खोज्यौ निष्ठुरीले

1 thought on “हिड्दा हिड्दै दोबाटोमा”

  1. हि‌ंड्दा हि‌ंड्दै दोबाटोमा
    हि‌ंड्दा हि‌ंड्दै दोबाटोमा छोड्याे निष्ठुरीले
    बाचा कसम गाँठो पारी तोड्याे निष्ठुरीले ।

    दिएकै थें राजीनामा मन र मुटु उसकै नाममा
    फिर्ता दिई कागज पत्र छोड्याे निष्ठुरीले ।

    निधारमा गरिबीको रेखा केही देखेपछि
    धनीसँग नाता फेरि जोड्याे निष्ठुरीले ।

    उसकाे पनि हस्ताक्षर छ मेरो कलेजीमा
    आज फेरि त्यही किन खोज्याे निष्ठुरीले ?

    बेटा यसाे गर्दा अज मिठाे हाेला कि भनेर मैले यसव् गरेकाे । गाली नगर है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *