Skip to content

भारी बोक्न जानलाई


भारी बोक्न जानलाई, एउटा पासपोर्ट दिन्न राज्य
जनधनको जिम्मेबारी, कही कतै लिन्न राज्य

एउटै राज्य यो हालतमा, गुज्रिराछ बर्षौंदेखि
अँझै के पो गर्ने होला, तिन्का बाउको भिन्न राज्य

यिन्का चेत खुल्ने होइनन, खाएकै छन देश लुटेर
तानातानले अस्तित्व नै, लागिसक्यो छिन्न राज्य

उत्तर दक्षिण सबैतिर, चिमोटेर मार्न लाग्यो
बाध्य हुन सक्ला फेरि एकदिन, बसाइ हिन्न राज्य

सुख सयल भोग गर्न, बिदेश तिरै रूमलिदा
फर्की आउँदा आफैलाई, मुस्किल होला चिन्न राज्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *