Skip to content

यी माग्ने नेतालाई


यी माग्ने नेतालाई, झोली देऊ न जनता
कति मात्रै सहने हो, बोली देऊ न जनता

भोट दियो धोका दिन्छन, कति भोट दिने
अब त यीन्लाई एउटा, गोली देऊ न जनता

कति ढाट्छन, देशै खाने अपराधी रू
थाहा हुनेले पोल सबै, खोली देऊ न जनता

गोरु भन्दै हिड्छन अँझै गाई मुखेहरू
उपहारमा फरिया र, चोली देऊ न जनता

गाली पनि कति गर्नु, कसलाई मात्रै गर्नु
बरु अब जिउदैमा, पोली देऊ न जनता

Leave a Reply

Your email address will not be published. Required fields are marked *