Skip to content


क्यामिलाका आँखाहरूमा
उठिरहेछ छाल समुद्रको
गहिरा नीला आँखाहरूमा
तैरिरहेछ रंग सपनाको।
क्यामिलाका मनहरू
औधि भएर उठिरहेछन्
वर्षौंदेखिका दमित चेतना
विष्फोट भएर
क्यामिला आत्मसात् गर्न खोज्छे
आफ्नो देशको विशालतालाई, महानतालाई
पर्वतहरूको उच्चता
सागरको गहिराइलाई
गुम्फित भावनाका साङ्लाहरू
चुडाल्न खोज्छे
यो विभेदकारी संरचनाको।

हजार हजार आँखाहरू
क्यामिलाको भाषा बोलिरहेछन्
हजार हजार मुटुहरू
एकसाथ धड्किरहेछन्
हजार हत्केलाहरू
एकजुट भएर
क्यामिला समर्थनमा जुटिरहेछन्
यो वर्ग भेदमा अडिएको
शासन विरूद्ध
यो निरंकुश दमनकारी
व्यव‚था विरूद्ध
क्यामिलाको अर्को नाम हो विदा्र हे
चुनौती
हुँकार
चक्रवात
भक्षकहरूका विरूद्ध।

क्यामिला बाँध्छे जीवनको परिभाषा
गतिमा
प्रगतिमा
द्वन्द्वमा
ऊ देख्छे प्रत्येक कुरामा परिवर्तन
क्षण क्षणमा
पुरानाको अन्त्य
नयाँको उदयमा।

प्रशान्त महासागरमा
ज्वारभाटा उर्लिरहेछ
उत्ताल तरंग
तूफानी वेगको
संहार गर्दै अमानवीय शासनको
अहं कारको कुरूक्षत्रेलार्इ परास्त गर्दै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *