Skip to content


मलाई त रुवायौ तर म जस्तै रुनु नपरोस् है सानी
दोबाटोमा मजस्तै हराउन नपरोस् है सानी

मैले जस्तै उसले माया गर्ला या नगर्ला
पुर्पुरोमा हात राखी पछुताउनु नपरोस् है सानी ।

सोचेजस्तै जिन्दगीमा कहाँ हुन्छ सबैको
सम्झनामै जिन्दगी बिताउन नपरोस् है सानी ।

मेरो कुरा तीतो लाग्ला सबै वात झूठो लाग्ला
बगेको खोला फर्केर आउँदैन है सानी

अहिले पनि समय छ तिम्रो माया जिउँदैछ
फाटेपछि मन जोड्न धेरै गाह्रो छ है सानी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *