रूँदै गएँ भन्थ्यौ तिम्ले सुनिएन बोली
कुन ठाउँमा के गर्दैछ्यौ हिजोआज तिमी।
विपनीमा मात्र होइन सपनीमा पनि
भनिनौ नि तिम्ले मलाई भेट्छु पछि भनी।
कस्तो भयो हिजोआज प्रियेसीको बोली
भेट हुन्छ हुन्न अब भन्देऊ मन खोली।
एकान्तमा टोलाउँदै कुनै दिन हाँसेको छु
एक टुक्रा मायासँगै धरापमा बाँचेको छु।
वर्षौं भयो सुनिएन मृदुमु‚कान बोली
कसलाई भनूँ अब मैले यो हृदय खोली ।
रूँदै गएँ भन्थ्यौ तिम्ले सुनिएन बोली
कुन ठाउँमा के गर्दैछ्यौ हिजोआज तिमी।
