जिन्दगीमा देखें नि लै लै झूठो दिवास्वप्न
बिछोडको चोट मलाई साह्रो पर्यो खप्न
आँखा अँझै नियाल्दैछ तिम्रो बाटो साँझमा
देखिन्छ कि कतै भनी फूलहरूको माझमा
सबै खोज्छन् बगैंचाका राम्रो फूल टिप्न
जहाँ जाऊँ कुरा गर्थे तिम्रै विषयमा
तिमीलाई नै रोजेको थें सयौं सयमा
सबै खोज्छन् बलेको आगो मात्र ताप्न
स्वर – कमल न्यौपाने
संगीत – स्व. प्रबिण गुरूङ
शब्द – शंकर प्रेरणा
