Skip to content

पागल (सूत्रकथा)


-मुकुन्दले जातीय विभेद र छुवाछूत मान्दै मानेन।

-महिला र पुरुषबीचको असमानता जरैदेखि उखेल्नुपर्ने धारण राख्यो।

-छोरीलाई पनि छोरा सरह उच्च शिक्षा र पैतृक सम्पत्तिमा समान अधिकार हुनुपर्छ भनेर वकालत गरिरह्यो।

-विद्यमान अन्याय,अत्याचार,शोषण,दमन र थिचोमिचोको भण्डाफोर गर्न थाल्यो।

-युवाहरूलाई सामाजिक न्याय स्थापित गर्न शोषण र उत्पीडनविरुद्ध लड्नुपर्छ भनेर प्रशिक्षण दिन थाल्यो।

-यो देखेर त्रसित अनि भयभित टाठाबाठाहरूले ऊविरुद्ध गोप्य बैठक गरे।

-बैठकको निर्णय अनुसार गाउँभेला बोलाईयो।

-पूर्वयोजना मुताविक उसलाई पागल घोषणा गरियो।

-ठूलाबडा भनाउँदाको डरले मुकुन्दलाई मन पराउनेहरू समेत चुँईक्क बोलेनन्।

– एक्काइसौं शताब्दी भने त्यो समाजलाई गिज्याइरहेको थियो।

कुमार काफ्ले
ओखलढुंगा।

7 thoughts on “पागल (सूत्रकथा)”

  1. सूत्रकथा हो
    सर यो त सूत्रकथा हो,लघुकथा होइन नि।

  2. सूत्रकथा नवीनतम प्रयोग
    सूत्रकथा साहित्यमा नवीन प्रयोग हो,यसको रचना र प्रसार गर्नु वान्छानीय छ

  3. सुत्रकथा भन्ने कस्तो विधा
    सुत्रकथा भन्ने कस्तो विधा पर्यो प्रकाश पारिदिनुहुन्छ कि ?

  4. सूत्रकथा चिनारी
    सूत्रकथा आख्यानात्मक गद्यलेखनको लघुतम रुप हो र त्यस फाँटको नवीनतम प्रयोग पनि हो।सूत्रकथामा सूक्तिमयता,सूत्रात्मकता,आदि,मध्य र अन्त्यको सटीक संयोजन,पात्र र परिवेशको सामान्जस्यता,भाषिक तरलता,शैल्पिक सहजता,संरचनात्मक कलात्मकता,कथनगत विश्वसनीयता,कथ्यको कसिलोपन र अनुभूतिमा तीक्ष्णपन रहने एकदेखि पन्ध्र सोह्र पङ्तिभित्र रचिने एवम् थोरैमा धेरै व्यक्तिने एक सशक्त साहित्यिक प्रविधा हो।
    कुमार सर यस सम्बन्धी अालेख तयार गरेर पठाउँ त?
    •कुमार काफ्ले

  5. धन्यवाद कुमारजी, अवश्य
    धन्यवाद कुमारजी, अवश्य पठाउनुहोस् ।

  6. क्षमा पाउँ
    कृपया क्षमा गर्नुहोला कुमारजी । हुन ता सूत्रकथाको कुनै नवीन परिभाषा वा परिचय भएकाे छैन । यी नवप्रयाेगका कुराहरु हुन् । कता छेस्को कता के कता के बनाइरहेका छन् नवप्रयोगवादीहरुले । जहाँसम्म यसलाई तपाई‌ले सूत्र कथा भन्नु भो म अलिक रनभुल्नमा परे‌ । यो ता मेराे विश्लेषणमा एक लघुकथा नै हुनु पर्ने हो । किन भने पात्र एकै छ । एकै पात्रलाई परेको सामाजिक समस्यालाई अन्तर ले देखाउँछन् ।

  7. धन्यवाद होम सुवेदी गुरु
    पागल सूत्रकथामाथि हजुरले गर्नुभएको टिप्पणी प्रति आभारी छु।सूत्रकथा चालीसको दशकमा आख्यान पुरुष डा.ध्रुवचन्द्र गौतमले सूत्रपात गर्नुभएको रहेछ,जुनबेला म त जन्मिएकै थिइनँ होला सायद।पुस्तकाकार रुपमा भने प्रयोगवादी स्रष्टा अमर त्यागीले २०७१ सालमा अन्धसत्ता सूत्रकथासङ्ग्रह प्रकाशन गर्नुभएको देखिन्छ।आख्यानको लघुतम रुप लघुकथा र सूत्रकथामध्ये लघुकथाको कृति २००७ मा पूर्णप्रसाद ब्राह्मणले ‘झिल्का’ प्रकाशन गर्नुभएको थियोे।लघुकथा र सूत्रकथाबीच अवश्य केही समानता र भिन्नताहरू छन्।
    मेरो कुरा त म साहित्यमा भर्खरै बामे सर्दै गरेको सिकारु र असलमा एक पाठक हुँ।मेरो सूत्रकथा सूत्रकथा नहुन पनि सक्छ,यसप्रति म सचेत छु।
    अर्को कुरा हजुरजस्तो अग्रज साहित्य साधकसमक्ष यत्रो टिप्पणी गर्ने धृष्टता गरेँ,माफी पाऊँ।
    कुमार काफ्ले

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *