Skip to content

साँझको जूनसँगै आउँछौ तिमी भनेर


साँझको जूनसँगै आउँछौ तिमी भनेर
टोलाइरहन्छु आकाशमा रातको तारा गनेर

सजाइरहन्छु सपनाहरू
हृदयभरि उमंग लिएर
तर तिमीले बिर्सिदियौ
चोखो मिलन मायाका कथाहरू

हत्केला चुमेर भाग्ने गर्थ्यौ
लाजले ती आँखा छोपेर
चुडियो मुटु भागिदियौ
प्रीतको सपना गैदियौ छोडेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *